२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

दुई जना हवल्दारसहित १२ प्रहरी सम्पर्कविहीन

दुईजना प्रहरी हवल्दारसहित १२ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १२ प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ ।

उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो । लामो सयमदेखि सम्पर्कविहीन भएका प्रहरीलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनीसमेत दिइएको छ । सम्पर्कविहीन हुनेमा दुईजना हवल्दार, नौजना प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् ।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार