२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

आज आइतबार तपाईंको दिन कति शुभ, कति अशुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल फाल्गुन १० गते । आइतबार । इस्वी सन् २०२६ फेब्रुअरी २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–पञ्चमी, १३ घडी २७ पला, दिउँसो १२ बजेर ० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–अश्विनी, ३० घडी ४० पला, बेलुकी ६ बजेर ५४ मिनेट उप्रान्त भरुणी ।

योग–शुक्ल, १९ घडी ११ पला, दिउँसो २ बजेर १८ मिनेट उप्रान्त ब्रह्म । करण–बालव, दिउँसो १२ बजेर ० मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २३ पला ।

आजको बार बेला

  • बिहान ६ बजेर ३८ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर ३९ मिनेटदेखि बिहान ८ बजेर ३ मिनेटसम्म चर बेला ।
  • बिहान ८ बजेर ४ मिनेटदेखि बिहान ९ बजेर २८ मिनेटसम्म लाभ बेला ।
  • बिहान ९ बजेर २९ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म काल बेला ।
  • दिउँसो १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ८ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३४ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर ३५ मिनेटदेखि बेलुकी ७ बजेर ३३ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

राहुकाल – बेलुकी ४ बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर ५८ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त – बिहान ५ बजेर २ मिनेटदेखि बिहान ५ बजेर ५० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन गर्न सकिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आकस्मिक कामले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूलाई सापट दिनुपर्ने हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन पनि सकिनेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्न सक्छ । पछि फाइदा हुने कामको जिम्मेवारी प्राप्त हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । नयाँ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटले दिगो फाइदा उठाउन सकिनेछ । नाम, दाम र इनाम हातलागी हुनेछ । भविष्यका लागि काममा जग बसाउने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिन मनोरञ्जनपूर्ण रहनेछ । आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । मेहनतका साथै गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ । सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ । अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ । समयको सदुपयोग गर्न अलि नसकिएला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ । नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने लेखन र अभिव्यक्ति कलामा निखारता ल्याउने समय छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ । मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार