२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

तराईमा हुस्सु र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा भने मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्ने र बाँकी भागमा पनि आंशिक बदली रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा बादल लाग्नुका साथै ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

अन्य भू–भागमा भने मौसम आंशिक बदली रहनेछ । तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले तराई र काठमाडौँ जस्ता उपत्यकाहरूमा वायु प्रदूषणको स्तर बढिरहने देखिएको छ । महाशाखाले प्रदूषणबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारवाला सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार