आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल माघ ६ गते । मंगलबार । इस्वी सन् २०२६ जनवरी २० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–द्वितीया, ४९ घडी ४ पला, रातको २ बजेर ३५ मिनेट उप्रान्त तृतीया । नक्षत्र–श्रवण, १६ घडी ३० पला, मध्यान्ह १ बजेर ३३ मिनेट उप्रान्त धनिष्ठा ।
योग– सिद्धि, ३४ घडी ३२ पला, बेलुकी ८ बजेर ४६ मिनेट उप्रान्त व्यातिपात । करण–बालव, दिउँसो २ बजेर ३१ मिनेट उप्रान्त कौलव, रातको २ बजेर ३५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३३ मिनेट । दिनमान २६ घडी ३० पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ५७ मिनेटसम्म रोग बेला ।
- बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म चर बेला ।
- बिहान ९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १५ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १२ बजेर १६ मिनेटदेखि दिउँसो १ बजेर ३५ मिनेटसम्म काल बेला ।
- दिउँसो १ बजेर ३६ मिनेटदेखि दिउँसो २ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
- दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ४ बजेर १४ मिनेटसम्म रोग बेला ।
- बेलुकी ४ बजेर १५ मिनेटदेखि बेलुकी ७ बजेर १४ मिनेटसम्म काल बेला ।
नोट – शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल – दिउँसो २ बजेर ५४ मिनेटदेखि बेलुकी ४ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त – बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रम परे पनि समय फलदायी रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले फाइदा दिलाउनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिहिनेतले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर लाभ उठाउने मौका छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति अनुकूल बन्नाले सोचेअनुरूप काम गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । नयाँ कामको जग बसाउने मौका छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । कुनै बाध्यात्मक काममा अलमलिनुपर्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । हडबडीले काम बिग्रन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ । महत्त्वपूर्ण काममा निर्णय लिनुअघि सोचविचार गर्नुहोला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने लेखन र अभिव्यक्ति कलामा निखारता ल्याउने समय छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ । मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन गर्न सकिनेछ । विगतका कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । कुनै काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ ।
