वि.सं.२०८२ साल माघ २ गते । शुक्रबार । इस्वी सन् २०२६ जनवरी १६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–त्रयोदशी, ३८ घडी ५७ पला, बेलुकी १० बजेर २३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–मूल, अहोरात्र ।
योग–ध्रुव, ३८ घडी १ पला, बेलुकी १० बजेर १० मिनेट उप्रान्त व्याघात । करण–गर, बिहान ९ बजेर ३४ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर ३३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–धनु । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २९ मिनेट । दिनमान २६ घडी २० पला ।
दिन विशेष – प्रदोष व्रत । राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।
आजको बार बेला ।
- बिहान ६ बजेर ५८ मिनेटसम्म चर बेला ।
- बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म लाभ बेला ।
- बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
- बिहान ९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १४ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १२ बजेर १५ मिनेटदेखि दिउँसो १ बजेर ३३ मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर ३४ मिनेटदेखि दिउँसो २ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो २ बजेर ५३ मिनेटदेखि बेलुकी ४ बजेर ११ मिनेटसम्म चर बेला ।
- बेलुकी ४ बजेर १२ मिनेटदेखि बेलुकी ७ बजेर ११ मिनेटसम्म रोग बेला ।
नोट – शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल – बिहान १० बजेर ५४ मिनेटदेखि मध्यान्ह १२ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त – बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
२०८२ माघ २ गते (१६ जनवरी २०२६) शुक्रवार, माघ कृष्णपक्ष त्रयोदशी तिथि । मूल नक्षत्र । चन्द्रराशि धनु ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । अस्वस्थताका बीच कामको जिम्मेवारी बढ्नेछ । आफ्नो क्षेत्रमा पनि कमजोर महसुस हुनेछ । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट फाइदा भइरहनेछ । व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । फजुल खर्च भने बढ्न सक्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । मिहिनेत गर्दा बिस्तारै उपलब्धि प्राप्त हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ । आफ्नो काम रोकेर अरूका लागि बुद्धि खर्चनुपर्नेछ । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि नियम पालना गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा पछिका लागि जग बसाउने समय छ । शुभचिन्तकहरूले हौसला जगाउनेछन् । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । छोटो समयमा पनि प्रतिफल पाइनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ । आफन्तबाट पनि टाढिनुपर्ला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।
