२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

१० वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर थप घटाएका छन् । ब्याजदर सूची अनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ ।

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत कायम भएको छ ।

कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १० बैंकले स्थिर राख्दा १० बैंकले नै ब्याजदर घटाएपछि औसतमा घटेको हो ।

ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक छन् ।

बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर %
कृषि विकास ४.९५ ४.९५
एभरेस्ट ५ ५
नेपाल ५.२५ ५.२५
लक्ष्मी सनराइज ५ ५
माछापुच्छ्रे ५ ५
एनआईसी एसिया ५.७५ ५
प्रभु ४.९५ ४.९५
स्टान्डर्ड चार्टड ५ ४.७
राष्ट्रिय वाणिज्य ५.५ ५.५
नबिल ४.९५ ४.७५
ग्लोबल आईएमई ६ ६
सिद्धार्थ ५.५ ५
प्राइम कमर्सियल ५ ४.७५
कुमारी ५.०१ ४.९१
सानिमा ५.१५ ५
हिमालयन ६ ५.५
नेपाल एसबीआई ५ ४.८
इन्भेस्टमेन्ट मेगा ५ ५
सिटिजन्स ५ ४.७५
एनएमबी ५ ५
प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार