२०८३ असार १० , बुधबार 25, June 2026, Thursday

आज मंगलबार तपाईको शुभ अशुभ कस्तो छ ? हेर्नुस् राशिफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ७ गते मंगलबार

२०८२ असोज ७ गते मंगलवार, २३ सेप्टेम्बर २०२५ । आश्विन शुक्ल पक्ष द्वितीया तिथि । हस्त नक्षत्र, १३ः१७ बजेपछि चित्रा । चन्द्रराशि कन्या ।

मेष – कुनै नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन् र फजुल खर्च पनि बढ्नेछ । सहयोग गर्नेहरू कमै भेटिनेछन् । तापनि पहिलेको सफलताले हौसला जगाउनेछ । समयमा समस्या दर्साउँदा साथ दिनेहरू फेला पर्नेछन् । नयाँ कामको प्रस्ताव आउन सक्छ । केही लगानी र श्रम गर्नुपरे पनि उपलब्धि प्राप्त हुनेछ ।

वृष – परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले सफलता दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ ।

मिथुन – मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ । सानो कमजोरीले बाधा पुर्याउनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । पछिका लागि जोहो गर्नुपर्ने समय छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ ।

कर्कट – सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । तापनि मिहिनेत गर्दा कामा बन्नेछ । विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ ।

सिंह – शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । बोली–व्यवहारकै भरमा काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कन्या – समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

तुला – खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन् । आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ । प्रयत्न गर्दा सरसापट भने पाइनेछ । लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

वृश्चिक – व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

धनु – विभिन्न अवसर प्राप्त हुनेछन् । तर पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ । ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ । त प्रयासले स्थितिमा सुधार ल्याउनेछ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ । व्यापारमा राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर – विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको करकापमा काम गर्न बाध्य भइनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ ।

कुम्भ – परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।

मीन – पछिका लागि अवसर खोजी गर्ने समय छ । पेसा–व्यवसायमा भने विशेष लाभ उठाउन सकिनेछ । व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कामले यात्राको अवसर दिलाउन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार