रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो ।
केसीले अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइसकेको बताउँदै आज बिहान ८ बजेबाट मतदान सुरु हुने बताउँदै करिब चार हजार ५०० बढी मतदातालाइ मतदान गर्न ८ घण्टा लाग्ने बताए । उनले मतदान सकिएको दुइ घन्टामा परिणाम आउने पनि बताए ।
प्रकाशित मिति : २०८३ असार १० गते बुधबार
सत्यपाटी