२०८३ कात्तिक ६ , बिहीबार 23, October 2026, Friday

देशका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आइतबार (भदौ २९) वर्षाको पूर्वानुमान छ । यस दिन देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाक्नुलाई साधारणतया बदली भनिन्छ । आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका थोेरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘कोसी प्रदेश लगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस दिन राति पनि देशभर साधारणतया बदलीको पूर्वानुमान छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘कोसी, मधेस र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ । हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार