नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो ।
हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियमको नयाँ खरिद मूल्य घटेर आएको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलमा २.१६, डिजेलमा १.३०, हवाइ इन्धनमा ४.३३ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँ घटेर आएको निगमले उल्लेख गरेको छ । सोसँगै नेपालमा पनि पेट्रोलियम सस्तिएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं