लगातारको वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीपहिरो र डुबानमा परी ६४ जना बेपत्ता रहेका छन् भने ४५ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४८ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन् । उनले हालसम्म कोशी प्रदेशमा १५ र मधेश प्रदेशमा २, बागतमी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं