२०८३ मंसिर १२ , शनिबार 29, November 2026, Sunday

पहिरो र बाढीमा परेर १० जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ ।

झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ । काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । बल्खु खोला किनारमा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान हुन भने बाँकी छ ।

काठमाडौंका नदी किनारका बस्तीमा पानी पसेपछि प्रहरीले उद्धार सुरु गरेको छ । तीनवटा बोटसहित सात सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिबार