घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिनेछ । यद्यपि कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहनेछ ।
यसैबीच चाडबाडका अवधिमा हुने सार्वजनिक यात्रालाई व्यवस्थित र सुरक्षित गराउन सबै यात्रुले अनिवार्य टिकट लिनुपर्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने निर्णय गरेको छ ।
टिकट काउन्टरबाट समेत यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय मंगलबारको बैठकले गरेको छ । अनधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कामलाई पूर्ण निर्णय गर्ने गराउने निर्णय समेत गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं