सूचनाको शक्ति - The Power Of Information

        

दसैँसम्म पानी पर्ने : मौसम विभाग

यस वर्ष हिले दसैँ हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दसैँसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्, ‘दसैँसम्म मनसुन रहनसक्ने सम्भावना छ । त्यो भनेको वर्षा हुन सक्छ भनेको हो ।’ सन् २०२२ मा पनि दसैँको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो ।

यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने गर्दछ ।

यस वर्षको अक्टोबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दसैँको टीका असोज २६ गते परेको छ । मनसुनको प्रणालीलाई हेर्दा दसैँको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको मौसमविद्हरू बताउँछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतवार १८:०३

लोकप्रिय