सूचनाको शक्ति - The Power Of Information

        

सुन तोलामा १७ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँ थियो । यसअघि भदौ ३१ गते सुनको मूल्यले प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँको रेकर्ड बनाएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९२० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतवार ११:०५

लोकप्रिय