५०० वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । मन्दिरमा दर्शन गर्न मुस्किलले दैनिक एक दुई जना आउने गर्छन् । यो धामको इतिहास हजारौँ वर्ष पुरानो मानिन्छ । द्वापर युगमा ऋषिमुनिहरूले विहार गरेको स्थलका रूपमा रिहार परिचित छ ।
द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगार बाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम १०० हेक्टर क्षेत्रफलमा छ । रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्छन् । बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ ।
रिहारलाई यादव समुदायले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको साँस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् । अर्को रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ । थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबाको पूजाआजा गर्दै आएका छन् ।
रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ । त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ । मामाभाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ ।
यहाँ बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन् ।यहाँ अहिले १० लाखको लागतमा उद्यान पनि निर्माण भइरहेको छ । यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन् । ‘दिनमा दुई–तीन जनामात्र आउँछन्,’ स्थानीय सम्झना चौधरीले भनिन्, ‘कहिल्यै त शून्य हुन्छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ