सूचनाको शक्ति - The Power Of Information

        

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको हो । प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या हुने खालको अभिव्यक्ति दिएको कारण प्रहरीको साइबर ब्युरोले पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार ०६:१३

लोकप्रिय