सूचनाको शक्ति - The Power Of Information

        

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते आइतबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

मन्त्रिरिषद् बैठकले निर्वाचन आयोजका पदाधिकारीसँगको छलफलपछि आयोगकै सुझावका आधारमा उपनिर्वाचनको मिति घोषणा गरेको हो । तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छन् ।

काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि खाली भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ०८:४५

लोकप्रिय