आज २०८१ भदौ १४ गते शुक्रवार, ३० अगस्ट २०२४ । भाद्र कृष्णपक्ष, द्वादशी तिथि । पुनर्वशु नक्षत्र, २०ः२५ बजेपछि तिष्य । चन्द्रराशि मिथुन १४ः१५ बजेपछि कर्कट ।
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । नयाँ अवसरले उत्साह जगाउने देखिन्छ । दिउँसोदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूको मुख ताक्ने बानीले काममा पछि परिनेछ ।
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । फजुल खर्च बढ्नेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । वादविवादमा अघि नसर्नुहोला । दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नाम, दाम र इनाम प्राप्त हुनेछन् ।
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि दिगो काम सुरु गर्ने समय छ । धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले उत्साह जगाउनेछन् ।
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्य पाइनेछ । आम्दानी बढ्नेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा थप लगानी आवश्यक पर्नेछ । भैपरी आउने समस्याले खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन् । अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ । हडबडको त्रुटिले काम दोहोर्याउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काम सुरु गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा पनि प्रगति हुनेछ ।
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । दिउँसोदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ । अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला । बाध्यात्मक परिस्थितिले काम रोकिनेछ ।
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । खानपान एवं मनोरञ्जनमा रमाउने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन् । स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला ।
स्रोतसाधन जुट्नाले काम बन्नेछ । लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ । बलभन्दा बुद्धि लगाउँदा लक्ष्य प्राप्ति हुनेछ । दिउँसोदेखि बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । समयमा गम्भीर नबन्दा पनि दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ । स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । आस मरे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं