सामुदायिक वन क्षेत्रमा भवन निर्माणको विषयलाई लिएर कैलालीको घोडाघोडी नगरपलिकाका मेयर, उपमेयरसहित कर्मचारीलाई स्थानीयले थुन्ने प्रसाय गरेका छन् । शिवशक्ति सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्न नदिने बताएपछि आक्रोशित स्थानीयले मेयर, उपमेयरसहित कर्मचारीलाई कार्यालयमै थुन्ने प्रयास गरेका हुन् ।
सामुदायिक वनले आफ्नो क्षेत्रमा भवन निर्माण गर्न खोज्दा नगरपालिकाले रोकेपछि विवाद बढेको हो । शुक्रबार यही विषयमा छलफल भइरहेका बेला स्थानीयले मेयर, उपमेयरसहित कर्मचारीलाई थुन्न लाग्दा प्रहरीले रोकेको थियो । छलफलमा भवन बनाउन नदिने मेयर खडकबहादुर रावतले अडान लिए । उनको अडानका कारण वन उपभोक्ता समितिका पदाधिकारी र सदस्य आक्रोशित भए ।
आक्रोशित उनीहरुले मेयर रावत, उपमेयर गुलियाकुमारी चौधरीसहित कर्मचारीलाई कार्यालयमै थुनेर तालाबन्दी गर्ने प्रसाय गरेका हुन् । तर, प्रहरीले रोकेको थियो । नगरपालिकाको कार्यालय नजिकै शिवशक्ति सामुदायिक वनले आफ्नो भवन बनाउन खोजेको छ । तर, नगरपालिकाले भने खाली स्थानको संरक्षण गरेर राख्नुपर्ने भन्दै भवन बनाउन नदिने अडान लिएपछि विवाद भएको हो ।
‘भोलि कुनै पनि विपत्ति वा केही सार्वजनिक कार्यक्रम गर्दा खाली स्थान चाहिन्छ । यही भएर हामीले भवन नबनाउँ, संरक्षण गरौँ भनेको हो,’ घोडाघोडी नगरपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष घनश्याम भुसालले भने । सो खाली स्थान सामुदायिक वनकै मातहतमा रहन दिउँ आफूहरूले भनेको उनले बताए । सो विवाद वन मन्त्रालय, डिभिजन वन कार्यालय र सवडिभिजन वन कार्यालयले गर्ने प्रवक्ता ओझाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कैलाली