भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी चार जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चितवनका हर्कबहादुर सिंह, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका खड्गबहादुर रहेको बताइएको छ ।
मुसलधारे वर्षापछि आएको पहिरोमा उनीहरुले ज्यान गुमाएका हुन् । चारै जनाको शव भारतीय एसडीआरएफले संकलन गरिसकेको नवभारत टाइम्सले उल्लेख गरेको छ । बिहीबार राति भारी वर्षापछि पहिरो गएको थियो ।
पहिरोमा उनीहरु फसेका थिए । उद्धारको पहल भए पनि वर्षा र पहिरो छिचोल्दै ढिलो गरी घटनास्थलमा उद्धार टोली पुगेको थियो ।
प्रकाशित मिति : २०८१ भदौ ७ गते शुक्रबार
