सूचनाको शक्ति - The Power Of Information

        

अवरुद्ध दाउन्ने सडक एकतर्फी सञ्चालनमा

पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

मंगलवार सामान्य पहिरो खसेर अवरुद्ध भएको सडकमा बुधवार बिहान माटोसहितको लेदो खस्दा सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अहिले पहिरो हटाएर सडक एकतर्फी रुपमा सञ्चालन गरिएको छ । दाउन्ने क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १२:०२

लोकप्रिय