दालभात र तरकारी खाँदा छेउमा ट्वाक्क परेको अचार भयो खाना अलि बढी नै रुच्छ । अझ कतिपयले त खाना रुचेन भने अचार राखेर खाना खाने गर्छन् । अचार सबैलाई मन पर्छ । अमिलो,पिरो र नुनको सम्मिश्रणमा बन्ने अचार स्वादिलो पनि हुन्छ । खाने समयमा थालमा तरकारी र रोटीसँगै अचार पनि राखेर खानुको आनन्द बेग्लै हुन्छ ।
धेरै मानिस अचारसँगै खाना खान मन पराउँछन् । यसैले हामी आँप, मुला, काँक्रो लगायतको अचार बनाएर बट्टामा गालेर राख्ने गर्छौ जुन गलत हो । तपाईँलाई अचारबिना खाना रुच्दैन भने सावधान हुनुहोस् किनकि अचारले क्यान्सर समेत गराउन सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार अझ पुरानो अचारले तपाईँको शरीरमा क्यान्सर जस्ता रोगहरू बढाउन सक्छ ।
यतिमात्र होइन, अचार धेरै खाने परिवारमा क्यान्सरका बिरामी बढी देखिएका छन् । अचार लामो समयसम्म राखेर खाँदा क्यान्सरजस्ता रोग लाग्ने खतरा हुने गर्छ । लामो समयसम्म राखिएको अचारमा फ्री रेडिकल बन्ने गर्छ, जुन स्वास्थ्यका लागि घातक हुन सक्छ । हामीलाई लाग्छ कि अचार जति पुरानो हुन्छ, त्यति राम्रो हुन्छ ।
तर, वास्तवमा अचार जति पुरानो हुन्छ, त्यति नै बढी फ्री रेडिकल उत्पादन हुन्छ । कुनै पनि खाना जुन लामो समयसम्म भण्डारण गरिन्छ, त्यसमा धेरै फ्री रेडिकलहरू बन्छन् । फ्री रेडिकल्सले हाम्रो शरीरमा अक्सिडेटिभ तनाव उत्पन्न गर्छन्, जुन हानिकारक प्रक्रिया हो । जसले हाम्रो शरीरमा भएका सबै कोष संरचनाहरूलाई क्षति पुर्याउन सक्छ ।
अक्सिडेटिभ तनावले क्यान्सर, बुढ्यौली, अटो इम्युन डिसअर्डर, हृदय सम्बन्धी र अल्जाइमर जस्ता दीर्घकालीन रोगहरूको विकासमा ठूलो भूमिका खेल्छ । विशेषज्ञका अनुसार सिजनमा बनाएको अचार त्यही सिजनमा नै खानुपर्छ । वर्षभरिको पुरानो अचार स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं