जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब १०० भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका १०० भेडा मरेका हुन् ।
तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाका अनुसार चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेका छन् ।
‘कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ । चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्,’ अध्यक्ष रोकायाले भने, ‘यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठूलो आर्थिक क्षति भएको छ । अब पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्नेछौँ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जुम्ला