अमेरिकाको टेक्सासमा लुटेरा समूहले नेपालीको हत्या गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्सासको वेको सिटी नजिक हाइवे आई ३५ मा रहेको ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।
उनी रुकुम पश्चिमका हुन् । स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको हो । हत्यामा तीन जना लुटेराको समूह संलग्नता थियो । अधिकारीहरूका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८१ साउन १४ गते सोमबार
