प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ । कम उमेरमा आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहेकी ‘काभ्रेली चेली’ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिएकी हुन् ।
भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सामेल हुँदा नेपालीजनमा उनको प्रवचन र प्रचारप्रसार अझ चुलिएको काभ्रेली जनताले महसुस गरेका छन् ।
मानवसेवा फाउण्डेशन नेपाल लगायतका संस्थाद्वारा आयोजित एक महिने उक्त कोटीहोममा उपस्थित भक्तजनबाट प्राप्त माया र सद्भावले आफूलाई थप ऊर्जा मिलेको प्रतिभा बताउँछिन् । यस कोटीहोममा नेपालका प्रवचक राधिका दाशी, पण्डित दीनबन्धु पोखरेल र देवी प्रतिभा लगायत विदेशमा समेत ख्यातिप्राप्त पाँच कथावाचकले प्रवचन दिइरहेका छन् ।
काभ्रेपलाञ्चोकमा जन्मिएर करिब एक दशकदेखि भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहेकी प्रतिभाप्रति प्रफुल्लित देखिन्छन्, काभ्रेली जनता । उनको प्रतिभा देखेर गौरवान्वित भएकाले गृहनगर मण्डनदेउपुर लगायत जिल्लाका विभिन्न स्थानमा प्रतिभाको अभिनन्दन समेत गरिएको छ । प्रतिभा साधुराम पराजुली र इन्दिरा पराजुलीको माइली छोरी हुन् ।
बाबु साधुरामका अनुसार प्रतिभा सानै उमेरदेखि आध्यात्मिक सोच राख्ने गर्दथिन् । पारिवारिक वातावरण पनि आध्यात्मिकता रहेको अवस्थामा सानैदेखि ‘पण्डित’ बन्ने प्रतिभाको धोको पूरा भएको परिवारले बताएको छ । ‘छोरीले म एक दिन मेरो बुबाआमालाई आफैँले श्रीमद्भागवत कथा वाचन गरेर सुनाउँछु भन्थिन् ।’ प्रतिभाको आफ्नो सोच, चाहना पूरा भएकामा साधुराम गर्व गर्छन् । बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण थिइन् ।
कोटीहोममा पनि प्रवचनका क्रममा धार्मिक गीतसङ्गीतमा श्रद्धालु भक्तजनलाई छमछमी नचाउन सक्ने खुबी उनको छ । उनी संलग्न धार्मिक कार्यक्रममा भीडभाड हुने गरेको छ भने उनीलाई पछ्याउनेहरु पनि त्यत्तिकै देखिन्छन् । अहिले पशुपति कोटीहोममा पनि उनलाई १०–१२ जना अङ्गरक्षकले सुरक्षा दिनुपर्ने बाध्यता रहेको आयोजकले स्पष्ट गरेको छ । सुरक्षाकर्मी लगायत भजनमण्डलीमा करिब ५० जनाको टिम उनीसँग छ । प्रतिभा २३ वर्षको उमेरमै धेरै व्यस्त छिन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काभ्रेपलाञ्चोक