सूचनाको शक्ति - The Power Of Information

        

जहाज दुर्घटना : छानबिन समिति गठन, आज राष्ट्रिय झण्डा आधा झुकाइने

सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा पाँच सदस्य रहेका छन् ।

समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल छन् ।

समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । यस्तै, सरकारले भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । बुधबार बिहान त्रिभुवन विमानस्थलमा पोखरा उडेको सौर्य एयरको नाइनएन–एएमई/सिआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको थियो ।

उक्त जहाजमा पाइलट र को–पाइलट सहित १९ जना सवार थिए । जसमध्ये १८ जनाको मृत्यु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । पाइलट मनीष शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ०६:४१

लोकप्रिय