सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा जहाज दुर्घटनामा परेको हो । यो जहाज इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि सौर्यकै इन्जिनियर तथा प्राविधिकहरुसहित पोखरा उडेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । तर, क्याप्टेनबाहेक जहाजमा सवार सबै कर्मचारी १८ जनाकै मृत्यु भएको छ । विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरि केएमसी अस्पतालमा उपचार भइरहेको छ । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र थिए ।
चालकदलका सदस्य पाइलटबाहेक जहाजमा कोपाइलट एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका थिए । उनीहरु सबैको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मृत्यु भएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं