हालैका दिनमा नेपाल, भारत र बङ्गलादेशमा बाढीले वितण्डा मच्चाइरहेको छ । बाढीका कारण कयौँको मृत्यु भएको छ भने दसौँ लाख मानिसहरू प्रभावित भएका छन् । बृहत् स्तरमा उद्धार कार्य चलिरहेको छ । हजारौँ मानिस आश्रयस्थलमा बसिरहेका छन् ।
ब्रम्हपुत्र र कोशी समेतका ठुला नदीहरूमा भारी वर्षाका कारण ठुलो बाढी आएको छ । मनसुनको समयमा दक्षिण एसियामा बाढी र पहिरो नौलो कुरा होइन । यतिबेला वर्षभरि पर्ने वर्षातको ९० प्रतिशत पानी यतिबेला नै बर्सिन्छ । तर हालैका वर्षहरूमा जलवायु परिवर्तनका कारण यो समस्या निकै बढेको विज्ञहरू बताउँछन् ।
सप्ताहन्तमा नेपालमा बाढीका कारण १४ जनाभन्दा बढीको मृत्यु भएको छ । मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध बनेका छन् भने केही पुलहरू बाढीले बगाएको छ । यो वर्षको मनसुनका कारण अहिलेसम्म नेपालमा ४० जनाभन्दा धेरैको ज्यान गएको अधिकारीहरूको अनुमान छ ।
भारतको आसाम राज्यमा बाढीका कारण २४ लाख मानिसहरू प्रभावित भएका छन् भने मध्य मे यता २६ जनाको मृत्यु भइसकेको छ । थप मुसलधारे वर्षा हुने र ब्रम्हपुत्रमा पानीको बहाव बढ्ने भन्दै अधिकारीहरूले सतर्क रहन चेतावनी दिएका छन् । बाढीका कारण असाममा चार ओटा एकसिंगे गैँडा र कयौँ मृग र अन्य जनावरहरू मरिसकेका छन् ।
पशुको मृत्युको आधारमा यो हालैको वर्षयताकै सबैभन्दा खराब बाढी भएको विज्ञहरूले बताइरहेका छन् । उता, बङ्गलादेशमा पनि बाढीका कारण २० लाख मानिसहरू प्रभावित भएको बताइएको छ । बाढी सम्बन्धी घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । ब्रह्मपुत्र नदीमा आएको बाढीका कारण बङ्गलादेशको एक चौथाइ जिल्लाहरू डुबानमा परेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं