नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा देशभर मनसुनको सक्रियतामा कमी आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
तथापि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं