सूचनाको शक्ति - The Power Of Information

        

गण्डक ब्यारेजका सबै ढोका खोलियो

नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले गण्डक ब्यारेजका सबै ३६ ढोका खोलेको छ ।

गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटरभन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलेको प्रहरी चौकी त्रिवेणीका सई महेश रायमाझीले जानकारी दिए ।

उनका अनुसार पानीको सतह खतराको सिमा नजिक पुगेका कारण ढोका खोलिएको हो । त्यसले त्रिवेणी क्षेत्रको डुबान कम गर्न पनि सघाउँछ । तीन दिनदेखिको लगातारको वर्षालले गण्डकमा नदीको सतह एक्कासी बढेपछि भारतले आफनो सुरक्षाको लागि ढोका खोलेको हो ।

रायमाझीका अनुसार गण्डकमा पानीको सतह लगातार बढिरहेको छ । नेपाल भारतको सिमानामा पर्ने त्रिवेणीमा बांध बांधेर करिब ६० वर्ष अघिदेखि भारतले उत्तर प्रदेश र बिहारका साढे २ लाख हेक्टर क्षेत्रफलमा पानी लगेको छ ।

सिमानामा पर्ने गण्डक ब्यारेजमा पानी नियन्त्रण गर्ने जिम्मा भारतीयको एकाधिकार छ । नेपालतर्फको भूभाग डुवानको जोखिम हुदासमेत भारतलाई जानकारी गराएपछि उसैले ढोका खोलेर नदीमा पानीको बहाब सुनिश्चित गर्छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १६:४३

लोकप्रिय