भातको माड हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थ हो । कुनैले भातको माड तरकारीको लागी पनि राख्ने गर्छन् ।
तर भातको माड फ्याँक्नुभन्दा यसलाई प्रयोग गर्न जानेमा धेरै फाइदा लिन सकिन्छ । यो बच्चाहरूको धेरै समस्याको समाधान लागि पनि प्रभावकारी मानिन्छ ।
– माडले बालबालिकाको पेट गडबड हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ । भातको माड खुवाउँदा बच्चालाई तारन्तार दिसा लाग्दैन । भातको माडमा हुने कार्बोहाइड्रेडले बच्चालाई कमजोरीबाट जोगाउँछ । तर चार महिनाभन्दा मुनिको बच्चालाई माड खुवाउनु उति राम्रो मानिँदैन ।
– भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित समस्यालाई समाधान गरिदिने हुँदा पेट डुम्म भयो वा दिसा गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट छुटकारा मिल्छ ।
– भातको माडलाई अनुहारमा लेपन बनाएर लगाउँदा अनुहार सफा, चम्किलो र कसिलो हुन्छ । छाला चिलाउने समस्यामा पनि माड उपयोगी हुन्छ । चिलाएको ठाउँमा भातको माड लगाएर केही समयपछि मन तातो पानीले नुहाउँदा चिलाउने हराएर जान्छ । मुखमा फुस्रो दाद, रातो बिमिरा आएमा माड लगाउन सकिन्छ ।
– भातको पानीमा एउटा स्वाभाविक चिस्याउने तत्त्व हुन्छ जसले घामको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न सहयोग पुर्याउँछ ।
– भिटामिन बी–६ दिमागको विकासका लागि महत्त्वपूर्ण मानिन्छ । चामललाई केहीबेर तातो पानीमा पकाउँदा पानीमा सजिलै भिज्ने यी भिटामिन उत्पन्न हुन्छन् । बच्चालाई भिटामिनको कमी छ भने नियमित भातको माड खुवाउँदा फाइदा गर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं