सूचनाको शक्ति - The Power Of Information

        

न्यारोबडी जहाजको एउटा इन्जिन ‘गायब’

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कल साइन नाइन एन एकेएक्स जहाजको एउटा इन्जिन सात महिनादेखि बिग्रिएर बसेको छ । इन्जिन मर्मतको काम हालसमम सुरु भएको छैन । इन्जिन इजरायलमा राखिएको छ । भाडाको इन्जिनबाट जहाज उडिरहेको र कमिसन पनि आइरहेका कारण इन्जिन मर्मतमा निगम व्यव्थापनले चासो दिएको छैन ।

भाडा इन्जिन खर्चबट निगम कार्यकारी अध्यक्ष तथा उच्चपदस्थ कर्मचारीले ३० प्रतिशतसम्म कमिसन पाएरहेका कारण इन्जिन मर्मत हुन नसकेको निगम स्रोतको दाबी छ । अधिकारीले कमिसन वापत आउन रकम विदेशमै व्यवस्थापन गरेका छन् । भाडाको इन्जिनबाट जहाज उडानमा निमगलाई दैनिक थप १० लाख भार थपिएको छ ।

तर व्यवस्थापनले यस विषयमा कुनै चासो दिएको छैन । इन्जिन मर्मतको जिम्मा पाएको इजरायल एरोस्पेस इन्डस्ट्रिजको कारखानामा जहाज २०२३ को डिसेम्बर नै पुगेको हो । तर अहिलेसम्म इन्जिन मर्मत भएको छैन । सामान्यत इन्जिन ४५ दिनदेखि बढीमा ९० दिनभित्र मर्मत हुन्छ । कम्पनीसँग पनि ६५ दिनमा इन्जिन मर्मत गरेर दिन गरी सम्झौता भएको थियो ।

तर २१० दिनभन्दा बढी भइसक्दा इन्जिन मर्मतको विषयमा निगम नै अनविज्ञ छ । इन्जिन मर्मतका लागि कम्पनीले ७१ लाख डलरको लागत पठाएको थियो । तर अहिलेसम्म लागत रकमलाई अनुमति नदिँदा कम्पनीले इन्जिन मर्मतको काम नथालेको निगम स्रोतको दाबी छ । यता अधिकारी निकट कर्मचारी भने काम भइरहेको दाबी गरेका छन् ।

काम भइरहेको दाबी गरेपनि जहाज कहिले आउँछ अत्तोपत्तो छैन । जहाजको इन्जिन मर्मतमा चासो नदिनुको एउटै कारण हो भाडाको इन्जिनबाट कमिसन आइरहनु । इन्जिन अहिले इजरायलमा मर्मत भइरहेको जनाकारी आफूलाई प्राप्त भएपनि इन्जिन कहिले नेपाल आइपुग्छ भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनले जानकारी दिए ।

यसबाहेक अन्य विषयमा आफूलाई कुनै जानकारी नभएको पुनले बिजनेस न्युजसँग बताए । यो इन्जिन २०२३ को नोभेम्बर ३० मा बिग्रिएको हो । इन्जिन मर्मतमा ढिलासुस्तीकै कारण उक्त जहाज नोभेम्बर ३० देखि अप्रिल २८ सम्म ग्राउन्डेड भएको थियो । यसमा जुन २० मा बिग्रिएको इन्जिन अप्रिलमा मर्मत भएको थियो ।

जुनमा बिग्रिएको इन्जिन सेप्टेम्बर २८ मा मर्मतका लागि इजरायलमा छोडर भाडाको इन्जिन प्रयोग गरेर जहाज उडानमा ल्याइएको थियो । भाडाकै इन्जिन प्रयोग गरेर उडानमा रहेको बेला सोही जहाजको अर्को इन्जिन २०२३ को नोभेम्बर ३० बिग्रियो । त्यसपछि जहाज अप्रिल २८ सम्म ग्राउन्डेड भएको थियो ।

सेप्टेम्बरमा मर्मतका लागि दिएर मर्मत भएको इन्जिन अप्रिल २८ मा नोभेम्बरमा बिग्रिएको इन्जिनको ठाउँमा राखेर उडानमा आएको थियो । जहाज उडान आएपछि व्यवस्थापनले इन्जिन मर्मतमा कुनै चासो दिएको छैन । इन्जिन मर्मत नहुँदा दैनिक साढे ८ लाख थप खर्च भइरहेको छ । जहाजमा प्रयोग भएको इन्जिनको दैनिक २ हजार डलर भाडा रहेको छ ।

यसैगरी प्रतिघण्टा २७८ डलर र प्रतिसाइकल २३९ डलरमा जहाज उडान गरिरहेको छ । निगमको नाइन एन एकेएक्स जहाज अहिले सरदर दैनिक १३ घण्टा उडिरहेको छ । यसैगरी जहाज दैनिक तीन साइकल उडान हुन्छ । यो हिसाबमा निगमको जहाज उडानमा दैनिक ३ हजार ३३१ डलर खर्च भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतवार ११:११

लोकप्रिय