नेपाल प्रेस युनियनले शुक्रबार राति नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । शुक्रबार राति ९ बजे महासंघ निर्वाचन कमिटीले प्रकाशन गरेको पत्रकारको अन्तिम नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले तालाबन्दी गरेको हो ।
महासंघले २२ गते चुनाव गर्ने भनेर आज (असार १५ गते) केन्द्रीय तहको उम्मेदवारी दर्ता गर्ने कार्यसूची बनाएको छ । तर युनियनले तालाबन्दी गरेपछि पत्रकार महासंघको चुनाव फेरि प्रभावित हुने देखिएको छ । यसअघि पनि विभिन्न संघ संगठनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं