सूचनाको शक्ति - The Power Of Information

        

श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान

श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९ एन–एओएम को ८० सिटे विमान थपेको हो ।उक्त विमान अमेरिकाबाट क्यानडा–इजिप्ट–ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो ।

श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् । ८० सिटको क्यु ४००–८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए । सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००–७०० तथा क्यु ४००– गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार ०८:२१

लोकप्रिय