सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँ बन्यो विश्वकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य

राजधानी शहर काठमाडौँ विश्वकै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । पर्यटनसम्बन्धी साइट ट्रिप एडभाइजरले जारी गरेको सर्वोत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा काठमाडौँ शीर्ष स्थानमा परेको छ ।

ट्रिप एडभाइजरले काठमाडौँ उपत्यकामा ऐतिहासिक स्थलहरु, प्रचिन मन्दिर, मठ र अद्भूत गाउँहरु रहेको उल्लेख गरेको छ । ट्रिप एडभाइजरले काठमाडौँ आउने पर्यटकहरुलाई स्थानीय मानिस र जनवारसँग घुलमिल हुन, दरबार क्षेत्रका सम्पदाको अवलोकन गर्न वा ठमेलका पदयात्रीसँग सामेल हुन सल्लाह दिएको छ ।

त्यसबाहेक स्थानीय कलाकारका पसल घुम्न पनि काठमाडौँ आउने पर्यटकलाई ट्रिप एडभाइजरले सल्लाह दिएको छ । यस सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे, तेस्रोमा इजिप्टको हुर्गाहडा, चौथोमा मौरिसस, पाचौँमा इण्डोनेशियाको लोम्बोक परेका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ०९:४९

लोकप्रिय