क्रिकेटर दिपेन्द्रसिंह ऐरी पुरुष टी–२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आइसीसीले हालै सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् ।
दिपेन्द्रले हालै टी–२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो । टी–२० को अलराउन्डर वरियताको शिर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन् । उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शिर्ष स्थानमा उक्लिएका हुन् । त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् ।
यसअघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् । त्यस्तै यस अघि शिर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दिपेन्द्र पछि भारतका हार्दिक पाण्डेय सातौ स्थानमा रहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं