सूचनाको शक्ति - The Power Of Information

        

भारतको गुजरातमा अन्तरिक्षबाट देखिने वायुऊर्जा केन्द्र सञ्चालनमा

भारतको गुजरातमा २०० वर्ग माइल क्षेत्रफलमा वायुऊर्जा केन्द्र सञ्चालनमा आएको छ । गुजरातको खाभ्डामा हालै सञ्चालनमा आएको नवीकरणीय ऊर्जा केन्द्रको क्षेत्रफल फ्रान्सको राजधानी पेरिसभन्दा पाँच गुणा ठूलो रहेको बेलायती अखबार एक्सप्रेसले जनाएको छ ।

यस केन्द्रमा स्विट्जरल्याण्डजत्रो मुलुकमा ऊर्जा प्रवाह गर्नसक्ने क्षमता रहेको जनाइएको छ । विशाल क्षेत्रफलमा फैलिएको यस केन्द्र अन्तरिक्षबाट समेत देख्न सकिने एक्सप्रेसले उल्लेख गरेको छ । यस केन्द्रले गत मार्चदेखि भारतको राष्ट्रिय प्रसारण लाइनमा ऊर्जा प्रवाह गरिरहेको छ ।

पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा यस केन्द्रले भारतको कुल नवीकरणीय ऊर्जाको नौ प्रतिशतभन्दा धेरै ऊर्जा प्रवाह गर्नेछ । यस केन्द्रबाट १ करोड ६० लाख घरधुरीलाई पुग्ने ऊर्जा प्राप्त हुने अपेक्षा गरिएको छ । २० अर्ब अमेरिकी डलरको लागतमा निर्माण भइरहेको यस केन्द्रको ऊर्जा उत्पादन क्षमता ३० गिगावाट छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार ०९:३१

लोकप्रिय