सूचनाको शक्ति - The Power Of Information

        

देशभरका ३० प्रतिशत वडाहरु सडक यातायातको पहुँच बाहिर

नेपालमा ३०.६ प्रतिशत वडाहरु अहिले पनि वर्षभरि सडक यातायातको पहुँच बाहिर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांकले कार्यालयले सार्वजनिक गरेको २०७८ को राष्ट्रिय जनगणनाको वडा स्तरीय तथ्यांकले यस्तो देखाएको हो । नेपालमा वर्षैभरि यातायातको पहुँच पुग्ने वडाहरुको संख्या ६९.४ प्रतिशत रहेको छ ।

त्यस्तै ३० मिनेटको दुरीमा सार्वजनिक यातायातको पहुँचमा पुग्ने वडाको तह ६६.६ प्रतिशत रहेको छ भने स्थानीय र नगर यातयातको पहुँच हुने वडाको तह २४ प्रतिशत मात्र रहेको छ । जसमा कोशी प्रदेशमा ७०.१ प्रतिशत वर्षैभरि यातायातको पहुँच भएको, ६५.५ ३० मिनेटको दुरीमा सार्वजनिक यातायातको पहुँच भएको र २५.६ प्रतिशत नगर यातायातको पहुँचमा रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, सुुदूरपश्चिममा ५४ प्रतिशत वडामा यातयात वर्षभरी पुग्ने, ५३ प्रतिशत ३० मिनेटको दुरीमा, र १३.६ प्रतिशत नगर, स्थानीय यातयात, वागमतीमा ७१.८ प्रतिशत वडामा यातयातो पहुँच, ७१ प्रतिशत ३० मिनेटको दुरीमा यातयातको पहुँच र ३३.३ प्रतिशत नगर यातयात र स्थानीय यातयातको पहुँच रहेको तथ्यांकले देखाएको छ ।

लुम्बिनीमा ८१.३ प्रतिशत वडामा यातयात वर्षैभरि सडक यातयात सञ्चालन हुने रहेको छ भने ७४ प्रतिशत ३० मिनेटको दुरीमा पहुँच रहेको छ भने २५.२ नगर स्थानीय यातयातको भरमा छन् । त्यस्तै सुदूरपश्चिममा १३ प्रतिशत नगर यातयातको सुविधा रहेको छ भने ५३ प्रतिशत ३० मिनेटको दुरीमा सार्वजनिक यातयातको पहुँच रहेको छ भने ५४ प्रतिशत यातयातको पहुँचमा छन् । मधेशका ८३.३ सबैभन्दा धेरै यातयातको पहुँच भएको वडाहरुमा पर्दछ । ३० मिनेटको दुरीमा जानुपर्ने वडाको संख्या ७८ प्रतिशत र ३३.३ प्रतिशत छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १७:२०

लोकप्रिय