अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र वियरको बोतल भेटिएको छ । जिल्लाको कमलबजार नगरपालिकाको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र वियरको बोतल भेटिएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ ।
कमलबजार नगरपालिका वडा नं.–९ मस्टाबण्डालीमा रहेको स्वास्थ्य चौकीमा औषधी राख्ने फ्रिजभित्र तीन वटा वियरका बोतल राखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा फ्रिजभित्र तीन बोतल वियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन् । बिरामीका लागि औषधी राख्न प्रयोग गरिने फ्रिजभित्र मदिराका बोतल भेटिएपछि स्वास्थ्यकर्मीको लज्जास्पद हर्कत प्रस्तुत भएको छ । बिरामीको उपचार हुने स्वास्थ्य चौकीको आफ्नै फ्रिजमा वियरका बोतल भेटिनुले स्वास्थ्यकर्मीको गैर जिम्मेवारीपन भएको सरोकारवाला बताएका छन ।
यस घटनामा जोडिएकाहरूलाई कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् । वडा नं. ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा वियर राखेको पाइएको स्वीकार गरेका छन् । स्वास्थ्यकर्मी आफै संवेदनशील हुनुपर्ने ठाउँमा उल्टै लापरबाही गरेको भन्दै अध्यक्ष भण्डारीले भोली नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक गरेर थप निर्णय लिने बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । अछाम