नेपाली कांग्रेसका सांसद सीताकुमारी रानाले कर्णाली नदीको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर सांसद रानाले पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेका हुन् । यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो ।
पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस् ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं