सूचनाको शक्ति - The Power Of Information

        

जलजलेमा भेटिएला पेट्रोलियम पदार्थ ?

दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौं कामदार एवं प्राविधिक जुटेका छन् ।

उत्खखनका क्रममा २१८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार ५०० मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार ०९:०७

लोकप्रिय