बाँकेमा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको ‘आईपिभी’ खोप दिने अभियान जिल्लाका आठ वटै पालिकामा सुरु गरिएको छ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले यस पटक ‘आईपिभी’ खोप दिने अभियानको शुभारम्भ जिल्लाको दुर्गम मानिने नरैनापुरबाट शुभारम्भ गरिएको बताउनुभयो ।
उहाँले सो अभियानको शुभारम्भ नरैनापुर गाउँपालिका अन्तर्गत वडा नम्बर ४, घोर्धौरिया प्राथमिक विद्यालय र वडा नम्बर ५, मटैया विद्यालयको खोप केन्द्रबाट गरिएको बताउनुभयो ।
सोही प्रकारले सोही समयमा जिल्लाको डुडुवा गाउँपालिका ३ सुब्बापुर्बा हिर्मिनियामा रहेको मुस्लिम बालबालिका पढ्ने मदरसा दारुलउलम इस्लामिया कादरिया नुरी मस्जिदबाट पनि आईपिभी’ खोप अभियान शुभारम्भ गरिएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन श्रेष्ठसहित डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा र नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र प्रसाद शाह लगायतको उपस्थिति रहेको थियो ।
‘आईपिभी’ खोप दिनका लागि २४३ वटा खोप केन्द्र कायम गरिएको र ती सबै खोप केन्द्रमा खोप दिने कार्य सुरु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जेठ १३ गतेबाट २६ गतेसम्म सञ्चालन गरिने सो अभियान अन्तर्गत बाँकेमा ३५ हजार ७०५ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीले खोप अभियानका लागि जिल्लाका आठवटै स्थानीय तहमा २४३ वटा खोप केन्द्र कायम गरिएको जनाउँदै विद्यालयका ३५ हजार २६९ जना र विद्यालय बाहिरका ४३६ जना बालबालिकालाई खोप दिन सुरु गरिएको बताउनुभयो । उहाँले सो कार्यका लागि जिल्ला भरिमा ४८६ जना स्वयंसेवक खटाइएको बताउनुभयो ।
यसअघि खोप अभियान सफल पार्नका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी, खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरूका लागि गोष्ठी, स्थानीय तहको वडास्तरीय खोप समन्वय समितिका लागि गोष्ठी र स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण सम्पन्न गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पोलियो रोग उन्मुलन गर्ने उद्देश्यका साथ २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई उक्त खोप दिन थालिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके