आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गरिने सरकारले घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने जानकारी गराएका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएका र विद्युत पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत् सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतीकरण गरिने उल्लेख गरिएको छ ।
विद्युत वितरण सबस्टेसनहरूलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्टमिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम उल्लेख छ ।
आगामी आवमा हेटौंडा, ढल्केबर, इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ