२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

देशभर ‘सूचना–प्रविधि वर्कस्टेसन’ सञ्चालन गरिने, पाँच हजारलाई रोजगारी

सरकारले देशभर ‘सूचना–प्रविधि वर्कस्टेसन’ सञ्चालनमा ल्याउने बताएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

मंगलबार संघीय संसद्का संयुक्त बैठकमा उनले भने, “काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्कस्टेसन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेछ ।”

यस्तै, उनले सूचना प्रविधि क्षेत्रको उद्योगलाई प्रोत्साहन दिँदै नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिने बताए ।

प्रकाशित मिति : २०८१ जेठ १ गते मंगलबार