२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

गजलकार पंगेनीको निधन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख ४ गते मंगलबार

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ ।

जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि पंगेनीलाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो निधन भएको हो ।

उपचारमा महंगो खर्च लाग्ने भएपछि मंगलवार नै आर्थिक संकलन अभियान थालिएको थियो । यसबीच उनको ६८ वर्षको उमेरमै निधन भएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ४ गते मंगलबार