भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेको मृत्यु भएको छ । पुनमको म्यानेजरले यो खबरको पुष्टि गरेकी छिन् । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् ।
पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान जारी गरेको छ । फेब्रुअरी १ को राति उनको मृत्यु भएको बताइएको छ ।
पाण्डेको अन्तिम संस्कारसम्बन्धी विवरणहरू आइसकेका छैनन् । पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् ।
सन् २०११ मा क्रिकेट विश्व कप फाइनल अघि भारतले फाइनल खेल जित्यो भने सारा कपडा उतारिदिन्छु भन्ने एउटा भिडियोका कारण उनी चर्चामा आएकी थिइन् ।
अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् । तर उक्त शो पुनमले जित्न सकिनन् । पाण्डेले आफ्नो अन्तिम भिडियो २९ जनवरीमा शेयर गरेकी थिइन्
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ