२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

अनमोल स्टारर ‘फर्कीफर्की’को एक दिन अगाडि सर्‍यो रिलिज डेट

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १८ गते बिहीबार

अनमोल केसी स्टारर चलचित्र ‘फर्कीफर्की’को रिलिज डेट परिवर्तन भएको छ । जेठ ११ गते रिलिज हुने भनिएको चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको हो ।

“पूर्वनिर्धारित मितिभन्दा एक दिन अगाडि रिलिज डेट सारेका छौँ । अब हाम्रो सिनेमा जेठ १० गते रिलिज हुनेछ,” फर्कीफर्की निर्माता रोहित अधिकारीले भने, “बुद्ध जयन्तीको अवसर पारेर सिनेमा रिलिज गर्न एक दिन अगाडि सारिएको हो ।”

‘फर्कीफर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका छन् । चलचित्रको केही सिनमात्रै छायांकन बाँकी रहेको निर्माता अधिकारीले जानकारी दिए ।

उनका अनुसार छायांकनसँगै पोष्टप्रोडक्सनको काम पनि भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहीबार