२०८३ असार १० , बुधबार 25, June 2026, Thursday

नरेश र सागरको ‘अब अर्को जुनीमा’ सार्वजनिक(भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस २७ गते शुक्रबार

नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ मा सार्वजनिक गरिएको छ ।

गायक मगरकै शब्द र सङ्गीत गीतमा रहेको छ ।

भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, गीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् । गीतलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।

सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् । नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ ।

प्रकाशित मिति : २०८० पुस २७ गते शुक्रबार