इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।
चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ ।
कतारका अनुसार हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने सार्वजनिक गरिएको छैन ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको बीबीसीले जनाएको छ ।
यसअघि बिहीवारदेखि सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए पनि त्यसमा ढिलाइ भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ